प्रचण्ड प्रधानमन्त्री भए लगत्तै वैद्यले गरे आन्दोलन घोषणा
3:38 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
राजधानीमा तीन दिन भएको केन्द्रीय समितिको बैठकले राष्ट्रिय स्वाधिनताका विषयमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
यस्तै, सुकुम्बासी समस्या, भ्रष्टाचार, कमिशनखोरी, महङ्गी, कालाबजारीको विरोध र भूकम्पपीडितहरूका लागि नवनिर्माणको व्यवस्था लगायतका विषयलाई लिएर पनि वैद्य माओवादीले आन्दोलन चर्काउने भएको छ ।
घोषित आन्दोलनको कार्यक्रम अनुसार राष्ट्रिय स्वाधिनताका विषयमा भदौ २४ गते देशब्यापी विरोध प्रदर्शन गर्ने रहेको क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यद्वारा विहीबार जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्वाधीनता र अपर कर्णाली लगायत जलविद्युत् परियोजनाको बारेमा संघर्ष चर्काउने वैद्य माओवादीले निर्णय गरेको छ ।
सुकुम्बासी समस्याकाबारेमा आगमी भाद्र १५ गते देशका विभिन्न जिल्लाहरूमा विरोध प्रदर्शन गर्ने तथा संयुक्त मोर्चा तथा विभिन्न जवस मोर्चाहरूमार्फत भ्रष्टाचार, कमिशनखोरी, महङ्गी, कालाबजारीको विरोध र भूकम्पपीडितहरूका लागि नवनिर्माणको व्यवस्था लगायतका विषयलाई लिएर सङ्घर्षको कार्यक्रम गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments