Flash Newsनेपालबाट हुम्ला सदरमुकामा सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान दुर्घटना भएको छ पुरा समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस..
7:34 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
विमानका चालक साङ्गे लामा र सहचालक प्रशान्त शाह विमानबाट हाम फालेर बाँच्न सफल भएका छन् । जहाज खोलामा बजारिएको छ ।
आकस्मिक अवतरण गर्ने क्रममा चालक र सहचालक विमान अवतरण गर्नु अघि नै वालुवामा हाम फालेर ज्यान जोगाएको मध्यपश्चिमका प्रहरी प्रमुख डिआइजी माधव नेपालले बताउनु भयो । हाम फाल्दा एक जनाको घुँडामा सामान्य चोट लागेपनि अर्कोलाई भने केही नभएको उहाँले जानकारी दिनुभयो । चालक लामा र सहचालक शाहलाई उपचारको लागि सिम्रिक एयरबाट नेपालगंज ल्याउन लागिएको पनि उहाँले बताउनु भएको छ ।कार्गो छाडेर फर्किने क्रममा सिमिकोट विमनस्थलबाट उडेको १५ मिनेटमै मकालुृ एयरको ९ एन एकेसी विमानको इन्जिनमा प्राविधिक समस्या आएको थियो । सिंगल इन्जिन भएको विमानमा प्राविधिक समस्या देखिने वित्तिकै विमानलाई आकस्मिक अवतरण गरिएको सुर्खेत विमानस्थलले जनाएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments